दफा ४९
सर्भेयरको वर्गीकरण
(१) प्राधिकरणले बीमा सर्भैयरलाई देहाय बमोजिम वर्गीकरण गर्नेछः-

(क) प्राधिकरणले तोकेको न्यूनतम रकम र सङ्ख्या ८ बराबरको सर्भे गरी कम्तीमा पन्ध्र वर्ष काम गरेको सर्भेयर-:“क“ वर्ग,

(ख) प्राधिकरणले तोकेको न्यूनतम रकम र सङ्ख्या बराबरको सर्भे गरी कम्तीमा सात वर्ष काम गरेको सर्भेयर “ख“ वर्ग,

(ग): प्राधिकरणबाट इजाजतपत्र प्राप्त गरी खण्ड (क) र (ख) बमोजिमको योग्यता पूरा नभएको सर्भेयर- “ग“ वर्ग।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संस्थागत सर्भेयरको वर्गीकरण गरिने छैन।